देउखुरी । राप्ती नदीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा नदीमा खसेका व्यक्तिको सकुल उद्धार गरिएको छ।

आइतबार दिउँसो राप्ती गाउँपालिका–३ खुरुरीया स्थित राप्ती नदीमा रहेको झोलुंगेपुलबाट नदीमा बगेका दाउरा निकाल्ने क्रममा सोही ठाउँ निवासी १३ बर्षिय सुदन चौधरी खसेका थिए।
उनलाई ईलाका प्रहरी कार्यालय भालुबाङ्ग र ज्वालामाई गण भालुबाङको सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख अम्मर बहादुर माझीले जानकारी दिए । हात र खुट्टामा चोट लागेका चौधरीको सिसहनीयामा उपचार पछि घर फर्किएका छन् ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया