दोस्रो स्व. किशोर पुन (बने दाई) स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु, पहिलो खेलमा यु.एल.एफ.सी लालमटिया बिजयी

देउखुरी । युनाइटेड लालमटिया फुटबल क्लवको आयोजनामा दोस्रो स्व. किशोर पुन (बने दाई) स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिता आजबाट लालमटियामा सुरु भएको छ ।
शनिवार राप्ती गाउँपालिका वडा नं. २ स्थित टुडिखेलमा एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ति मगरले उद्घाटन गरेको छन् ।
१२ समुह समावेश रहेको रनिङ शिल्डको उद्घाटन खेलमा लापे फुटवल क्लव र यु.एल.एफ.सी लालमटियाका बिच भएको थियो । उत्त खेलमा यु.एल.एफ.सी लालमटियाले शुन्यका बिरुद्ध २ गोल गर्दै क्वाटर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
प्रतियोगिताको प्रथम हुने पुरुष समुहलाई ५५ हजार ५५ र दितिय हुने टिमलाई २६ हजार ५ सय ५५ का साथै कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने महिला तर्फ प्रथम हुने टिमलाई ७ हजार र दितिय हुने टिमलाई ३ हजार सहित मेडल र प्रमाण पत्र प्रदान गरिने युनाइटेड लालमटिया फुटबल क्लवका सचिव अनिल पौडेलले बताए ।
पहिलो रनिङ शिल्ड यु.एल.एफ.सी लालमटियाले उचालेको थियो ।

तपाईको प्रतिक्रिया