दाङ । गुरुकुल एकेडेमी घोराही, लमही र तुलसीपुरको टेवल टेनिस र चेस प्रतियोगिता सम्पन्न भएको छ ।

गुरुकुल एकेडेमी घोराहीमा एक कार्यक्रम गरे प्रतियोगिता सम्पन्न गरीएको हो । पहिलो चरणमा अन्तर विद्यालय प्रतियोगिता गरी प्रतियोगिताबाट प्रथम, दृतिय, तृतिय विद्यार्थीहरुलाई समावेश गरी गुरुकुल एकेडेमी घोराही, तुलसीपुर र लमही विच अन्तिम प्रतिष्पर्धा भएको प्रतियोगिता ब्यवस्थापक तथा गुरुकुल एकेडेमी घोराहीका संस्कार प्रमुख भुगोल कवर मगरले जानकारी दिनुभयो ।
प्रतियोगितामा छात्रको तर्फबाट डवल टेवल टेनिसमा गुरुकुल एकेडेमी घोराहीबाट सद्गुन थापा र कृतज्ञ अधिकारी प्रथम हुनुभएको छ भने सिंगलमा प्रक्षित खड्का प्रथम हुनुभएको छ । यस्तै छात्रा तर्फ निसा भण्डारी घोराहीबाट प्रथम स्थान हासिल गर्नुभएको छ। यसैगरी छात्र तर्फ चेस खेल प्रतियोगितामा सोहम खनाल घोराहीबाट प्रथम हुनुभएको थियो भने छात्रा तर्फ स्वस्तिका पौडेल प्रथम हुनुभएको हो ।
प्रतियोगितामा गुरुकुल एकेडेमी घोराहीबाट १२ जना तुलसीपुरबाट ५ जना र लमहीबाट ७ जना गरी जम्मा २४ जना सहभागि भएका थिए । प्रतियोतिामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थिहरुलाई प्रमाण पत्रले सम्मान गरीएको थियो ।

तपाईको प्रतिक्रिया