देउखुरी । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लीला गिरी बन्ने भएका छन्।

केन्द्रीय राजनीतिमा आएकाे फेरबदलका कारण लुम्बिनी प्रदेश सरकारकाे नेतृत्व फेरिन लागेकाे हाे।
लुम्बिनीमा एमाले संसदीय दलका नेता गिरी मुख्यमन्त्री बन्ने भएका हुन्।
एमालेकाे जिम्मामा परेकाे लुम्बिनी प्रदेशकाे मुख्यमन्त्री गिरीलाई बनाउने निर्णय भएको प्रमुख सचेतक तुलसीप्रसाद चाैधरीले जानकारी दिए। एमाले र कांग्रेसकाे समर्थनमा मुख्यमन्त्रीमा गिरीलाई अगाडि बढाउने सहमति जुटेकाे हाे।
दुबै दलकाे तर्फबाट मुख्यमन्त्रीमा गिरीलाई नियुक्तिकाे लागि प्रदेश प्रमुखसमक्ष आज नै दावी पेश गर्ने तयारी गरिएको छ।
आज बस्ने संसद बैठकमा मुख्यमन्त्री जाेखबहादुर महराले विश्वासकाे मत लिने तयारी गरेका छन्। तर, एमाले र कांग्रेसकाे बीचमा मुख्यमन्त्रीकाे लागि सहमति भएपछि महराले संम्बाेधन गरेर राजीनामा दिनसक्ने उनकाे सचिवालयले जनाएको छ।

तपाईको प्रतिक्रिया