राप्ती नदीको बाढीमा फसेकामध्ये एक जना बेपत्ता, दुईकाे सकुशल उद्दार

दाङ- लमही नगरपालिका-७ हस्नापुरस्थित राप्ती नदीकाो बाढीमा फसेकामध्ये दुई जनाकाे सकुशल उद्दार गरिएको छ भने एक जना बेपत्ता भएका छन्।

 

राजपुर गाउँपालिका-२ का किसान लमहीबाट फर्किने क्रममा राप्ती नदीकाे बाढीमा फसेका थिए। तीन जना सँगै रहेपनि एक जनालाई बाढीले बगाएकाे हाे भने दुई जना सिमलकाे रुखमा चढेका थिए।

नेपाल सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखाेलाबाट खटिएका सुरक्षाकर्मीले दुई जनालाई सकुशल उद्दार गरेकाे प्रहरी सहायक निरीक्षक प्रकाश ढकालले जानकारी दिए।

राजपुर-२ निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवकाे उद्दार गरिएको हाे। उनीहरू सँगै साथमा रहेका १८ वर्षीय राजकुमार यादव बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया