तुलसीपुर । मास्टर एन्ड मिस फोटोजेनिक गुरुकुल तुलसीपुर सम्पन्न भएको छ ।

गुरुकुल एकेडेमि तुलसीपुरको आयोजनामा भएको कार्यक्रमको आज एक कार्यक्रम गरी फिनाले सम्पन्न गरीएको हो । १ सय ६० जनाले भाग लिएको कार्यक्रममा मास्टर फोटोजेनिक तर्फ दिगम केसि र मिस फेटोजेनिक तर्फ सदिक्षा बस्नेत र कृष्टि सुबेदीले प्रथम स्थान हासिल गरेको विद्यालयकी कल्चरल संयोजक चिन्तना धितालले जानकारी दिनुभयो ।
बालबालिकाको सर्वाङ्गिण विकासका लागि अतिरिक्त कृयाकलाप अत्यन्तै आवश्यक रहेको हुँदा यस्तो खाले कार्यक्रम पनि आबश्यक पर्ने र बिद्यार्थिहरुको आत्मविश्वास बढाउन भुमिका खेल्ने बिद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीले बताउनु भयो।
गुरुकुल एकेडेमि तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीको अध्यक्षतामा एक औपचारीक कार्यक्रम गरी मास्टर तथा मिस फोटोजेनिक विजेताको घोषणा गरीएको हो । गुरुकुरुल एकेडेमी तुलसीपुरका सहायक प्रधानाध्यापक ज्ञानेन्द्र बुढाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण बिद्यालयकी कल्चरल संयोजक चिन्तना धितालले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया