प्रहरी निरिक्षक प्रकाशको एक्सान, कार्यक्षेत्रमा खटिएको केही दिनमै लागु औषध नियन्त्रणमा सफलता

दशरथ घिमिरे
देउखुरी । वडा प्रहरी कार्यालय लमहीले लागु औषध सहित चार जनालाई पक्राउ गरेको छ ।

 

 

सोमवार विहान लमही नगरपालिका–५ लमहीबाट एक सय ६० मिलिग्राम खैरो हिरोइनको धुलो, सेवन गर्न प्रयोग गर्ने औजार र नगद २८ हजार साय सय ७० रुपैयाँ सहित चार जनालाई नियन्त्रणमा लिइएको वडा प्रहरी कार्याल लमहीका प्रहरी निरिक्षक प्रकाश भुसालले जानकारी दिए ।

लमही न.पा.५ लमही बजार स्थित दिपेश डाँगीको घरमा खान तलासी गर्दा सो परिमाणको लागु औषध फेला परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा लमही बजार बस्ने सुक बहादुर बुढा मगरको छोरा वर्ष २८ को रोमन बुढा मगर, सोही ठाउँ निवासी बाराम विकको छोरा बर्ष १९ को विशाल विक, जीतबहादुर डाँगीको छोरा बर्ष १९ को दिपेश डाँगी, गढवा गाउँपालिका–८ घर भई हाल लमही बस्दै आएका हकि कुल्ला रंग्रेजका छोरा बर्ष २१ का मोहम्मद आमिर रंग्रेज छन् ।

 

जिल्ला अदालतबाट सात दिनको म्यात थप भइ अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया