देउखुरी । देउखुरी बैंकर्सले अग्नी पिडितलाई जस्ता पाता सहयोग गरेको छ । गत बैशाख १६ गते आगलागी हुदा २३ घरगोठ जलेर खरानी भएका थिए ।

अग्नी पिडितलाई घर निर्माण गर्न सहयोग पु¥याउने उद्देश्यले देउखुरी बैंकर्षले ७५ हजार एक सय रुपैयाँ बराबरको जस्ता पाता सहयोग गरिएको बैंकर्षका अध्यक्ष उत्सव श्रेष्ठले जानकारी दिनुभयो ।
लमही, राजपुर, गढवा, राप्ती गाउँपालिकामा रहेका बैंक तथा वित्तिय संस्थामा कार्यरत कर्मचारीहरुले व्यक्तिगत रुपमा संकलन गरेको रकमबाट जस्तापाता खरिद गरिएको थियो । सामाजिक उत्तरदायित्व बहन गर्नेगरी देउखुरी बैंकर्सले सामाजिक क्षेत्रमा सहयोग पु¥याउदै आएको हो ।
अग्नी पिडितहरुले देउखुरी बैकर्सलाई धन्यवाद ज्ञापन गरेका छन । देउखुरी बैकर्सले आफ्नो वार्षिक क्यालेन्डर अनुसार बिगतका बर्षहरुबाट समाजमा बित्तिय सचेतना कार्यक्रम, पर्यटन प्रबद्र्धन जस्ता कामहरु गर्दै आएकोे सचिब सन्तोष कुँवरले बताउनु भयो ।

तपाईको प्रतिक्रिया