
देउखुरी । देउखुरीको पहरुवामा कारले ठक्कर दिदा एक साइकलयात्री गम्भीर घाइते भएका छन् ।
राप्ती गाउँपालिका ५ पहरूवा चोकमा पश्चिमबाट पुर्व तर्फ गइरहेको लु ३ च ८२१० नम्बरको कारले सोही दिशा तर्फ गइरहेको साइकलयात्रीलाई ठक्कर दिएको थियो । शुक्रबार मध्यान्ह १२ बजे साइकल यात्रीलाई ठक्कर दिदा सिंगे निवासी ४८ वर्षिय नारायण पौडेल गम्भीर घाइते भएका हुन् ।
घाइते पौडेलको टाउको र अनुहारमा गहिरो चोट लागेको छ भने सिसहनियाँ स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया