
दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ मा रहेको गुरुकुल एकेडेमी विद्यालयका विद्यार्थिहरुले प्रयोगात्मक रुपमा घोराही बजारको बिभिन्न चोक चोकमा छुट्टा छुट्टै व्यवसाय गरेका छन ।
शैदान्तिक शिक्षा मात्र नभएर व्यवहारीक शिक्षाको पनि अनुभव गराउन स्कुलले बिद्यार्थिहरुलाई व्यवसायमा खटाएको हो । गुरुकुल एकेडेमी घोराहीका बिद्यार्थि बिभिन्न चोकमा व्यापार गर्न ब्यस्त थिए । कुनै चोकमा पानीपुरी, कुनैमा मकै, कुनैमा खरबुजा, कुनैमा लस्सीको व्यापार गरेको देख्न सकिन्थ्यो । कसैले ग्राहक बोलाउन ब्यस्त थिए त कसैले हिसाव गरीरहेका थिए । त्यो कुनै बास्तविक व्यवसाय नभएर घोराहीमा रहेको गुरुकुल एकेडेमिले पढाई संगै व्यवहारीक शिक्षा दिने गरी प्रयोगात्मक कक्षाको व्यवसाय थियो । २
०७२ सालबाट संचालनमा आएको गुरुकुल एकेडेमिले सुरुवाति बाट नै आफ्नो बिद्यार्थिहरुलाई यस्ता अतिरीक्त क्रियाकलापमा सहभागि गराउदै आएको छ । शिक्षामा पढाईले मात्र बास्तविक जिवनमा भोगिने कुराहरुलाई नसिकाउने भएकाले प्रयोगात्मक रुपमा यस्ता काम गरी व्यवहारमा उतार्ने उद्धेश्यका साथ बजारका बिभिन्न ७ वटा चोकमा बिभिन्न व्यवसाय गरीएको बिद्यार्थिहरुले बताएका छन ।
कक्षा ११ व्यवस्थापन संकायमा अध्यनरत बिद्यार्थिहरु यो कृयाकलापमा सहभागि भएका थिए । बिद्यार्थिले आफ्नै लगानीमा यो व्यवसाय संचालन गरेका हुन । जसबाट फाइदा आएको रकम कुनै सामाजिक कार्यमा लगाउने कक्षा ११ मा अध्ययनरत छात्रा बिनिता थापाले बताइन ।
गुरुकुल एकेडेमिका बिद्यार्थिहरुले उत्पादन गरेका बिभिन्न प्रकारका खानेकुराहरु ग्राहकहरुले पनि उतिकै मन पराएका छन । बिद्यार्थिहरुले बनाएको खाने कुरा खादै ग्राहक नेव बहादुर केसीले बिद्यार्थिहरुको कामको प्रशंसा समेत गरेका थिए । गुरुकुल एकेडेमिमा अध्यनरत बिद्यार्थिहरुको यो कृयाकलाप प्रति अभिभावकहरु पनि निकै उत्साहित हुदै आगामि दिनमा पनि यस्ता कृयाकलापलाई निरन्तरता दिनुपर्ने अभिभावक किरण रेग्मिले बताउनुभयो ।
बिद्यार्थिको यो व्यवसाय गर्ने कला र उनिहरुको काम प्रति बिद्यालय पनि निकै खुसि भएको छ । शिक्षा संगै व्यवहारीक ज्ञान प्रदान गर्ने यो प्रयोगात्मक कक्षामा आफुहरु सफल भएको र जुन उद्धेश्य लिएर काम गरीएको थियो त्यो पुरा भएको बिद्यालयका शिक्षक तथा प्लस टु विज्ञान संयोजक अवय शाहले बताउनु भयो । पढाई पछि भबिष्यमा सबै बिद्यार्थिहरु केहि न केहि पेशामा लाग्ने भएको हुदा र कुनै बिद्यार्थिहरु व्यापारमा पनि लाग्ने भएको हुदा ब्यापारमा नाफा घाटा कसरी हुन्छ र लगानि कसरी गर्ने र कसरी सफलता प्राप्त गर्ने भन्ने कुरालाई प्रतक्ष्य रुपमा जानकारी मिलोस भनेर आज यो व्यवसायको प्रयोगात्मक शिक्षा दिइएको बिद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेले बताउनुभयो । शैदान्तिक शिक्षा संगै व्यवहारीक शिक्षाको आबश्यकता रहेको भन्दै आगामि दिनमा पनि यस्ता कृयाकलापलाई निरन्तरता दिने उँहाको भनाई छ ।
विद्यार्थिहरुले पनि यो कार्यबाट निकै अनुभव बटुलेका छन । विद्यालयका शिक्षकहरु विबेक देबकोटा, भुगोल कवर मगर, अजय शाह, राजन अधिकारी लगायत बिद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसि लगायतको निगरानिमा कार्यक्रम सम्पन्न भएको छ ।
तपाईको प्रतिक्रिया