देउखुरी । दाङकाे देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। ज्यान जानेमा जिल्ला रोल्पा गंगादेब गाउँपालिका–६ ताप्ला बजार बस्ने बर्ष ५४ को बिर बहादुर खड्का रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिएका छन्।

आज दिउँसो करिब पौने २ बजेको समयमा लमही नगरपालिका–१ नर्ती चोकमा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको लुम्बिनी ए ए ८७०० नम्बरको मोटर साइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको रा ३ प ८२४५ नम्बरको मोटर साइकल एक आपसमा ठोक्किएका थिए।
लुम्बिनी ए ए ८७०० नम्बरको मोटर साइकल चालक जिल्ला रुपन्देही गैडहवा गाउँपालेका ९७ छत्रपुरुवाका ३१ वर्षीय अजय मिश्रको बायाँ कुम र कम्मरमा भित्री चोट लागेको तथा उनको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ।
रा ३ प ८२४५ नम्बरको मोटर साइकलमा सवार सोही ठाउँ बस्ने वर्ष ५७ का कमानसिंह खत्रीको वाँया हात, नाक, कम्मर र दाहिने खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको छ। दुर्घटना कसरी भयो भन्नेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भुसालले बताए।

तपाईको प्रतिक्रिया