लमहीका पाकापुस्ताको घरमा पुगेर स्वास्थ्य सेवा

देउखुरी । लमही निवासी लालताप्रसाद गुप्ता उमेरले ८४ बर्ष पुग्नुभयो । हिड्डुल गर्न सक्नुहुन्न् । घर भित्र र बाहिर गर्न पनि ह्वलीचियरको साहेता चाहिन्छ । उहाँको स्वास्थ्यको बारेमा बुझ्न स्वास्थ्यकर्मी सहितको टोली घरमै पुगेको छ ।

 

प्रेसर, सुगर जाँच गरेर स्वास्थ्य परामर्श समेत दिईएको छ । यसरी पाका पुस्तका अभिभावकहरुलाई घर भेट गर्दै उहाँहरुको स्वास्थ्य जाँच गर्ने अभियान स्वर्गद्धारी कश्यव समाज लमहीले सुरु गरेको छ । जुन काममा पाका पुस्ता अभिभावकहरुमा आशा जगाउन सफल भएको छ ।‘यसरी घरमै आएर स्वास्थ्य जाँच गर्दा मनमा आनन्द छायो’गुप्ताले भन्नुभयो,‘उमेरले गर्दा पनि समस्या भयो । हिड्डुल गर्न सकिदैन । यसरी स्वास्थ्यकर्मी सहित घरमै आउदा राम्रो भयो । सुगर, प्रेसर जाँच गर्न अस्पताल समेत जान नसक्ने अवस्था छ ।’

८३ बर्षिय गुरुचरन गुप्ता पनि अस्पताल पुगेर स्वास्थ्य जाँच गर्न सक्ने अवस्थामा हुनुहुन्न् । मुस्किलले हिड्डुल गर्न सक्ने गुरुचरनले घरमै आएका स्वास्थ्यकर्मीलाई आफ्नो स्वास्थ्य समस्या दर्सानु भयो । त्यसपछी स्वास्थ्यकर्मीले खानपान र जीवनशैलीमा ध्यान दिन सुझाव दिनुभयो ।‘समाजबाट स्वास्थ्य जाँच कार्यक्रम राख्नु आफैमा सुखद भयो’उहाँले भन्नुभयो,‘एउटै परिवारका सदस्य भेट भएको जस्तो महशुस भयो ।’

स्वर्गद्धारी कश्यव समाजले समाज भित्रका पाका पुस्ता अभिभावकहरुको स्वास्थ्य जाँच गर्न घरमै स्वास्थ्यकर्मी सहित उपस्थित भएर निरोगीताको लागी ध्यान दिन आग्रह गरेको छ । उमेरले ७० बर्ष पुरा गरेका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण सहित परामर्श सेवा दिइएको समाजका अध्यक्ष सन्जय गुप्ताले बताउनु भयो ।‘समाजको विकासको लागी योग्दान दिने अभिभावकहरुलाई सम्मान स्वरुप उहाँहरुकै घरमा पुगेर उपचार र परामर्श सेवा प्रदान ग¥यौं । यस बाट नयाँ पुस्ता र पाका पुस्ताको विचमा गहिरो नाता समेत गाँसिन पुग्यो’गुप्ताले भन्नुभयो,‘यो अभियानलाई अव नीयमित गर्ने सोंच छ ।’ १८ जना ज्येष्ठ नागरिकलाई उहाँहरुकै घरमा पुगेर सुगर, प्रेसरको जाँच तथा अन्य स्वास्थ्य परिक्षण गरिएको स्वर्गद्धारी समाजका उपाध्यक्ष नरेन्द्र गुप्ताले जानकारी दिनुभयो ।

‘हाम्रा अभिभावकहरुको सम्मानको लागी यस प्रकारको कार्यक्रम राख्यौं । जसले गर्दा अभिभावकहरु प्रतिको सम्मान र जिम्मेवारी बढेर गएको पाएका छौं’उहाँले भन्नुभयो,‘आगामी दिनमा यस प्रकारको अभियानलाई निरन्तरता दिने छौं ।’ लमही अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी आनन्द गुप्ता सहितका स्वास्थ्यकर्मी स्वास्थ्य परिक्षण र परामर्श सेवा दिन खटिनुभएको थियो ।‘ज्येष्ठ नागरिकहरुमा उमेर बढ्दै जाँदा दिनदिने सुगर, प्रेसर सहित हाडजोर्नी, मासपेशी दुःखने जस्ता समस्या धेरै देखियो’स्वास्थ्यकर्मी गुप्ताले भन्नुभयो,‘नियमित स्वास्थ्य जाँच सहित खानपान र वानी व्यवहारमा ध्यान दिनुपर्ने देखिन्छ ।’

तपाईको प्रतिक्रिया