दाङ – दाङमा बस दुर्घटनामा १० जना यात्रु घाइते भएका छन्।

घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत बेलझुण्डीमा तुलसीपुरबाट काठमाडौँ जाँदै गरेको प्रदेश नं। ३–०१००६ ख ०९७५ नम्बरको बस दुर्घटना हुँदा १० जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए।
मल्लका अनुसार घाइतेहरुलाई उद्धार गरेर उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ। घाइते सबै खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
बेलुकी साढे पाँच बजे तुलसीपुरको बसपार्कबाट काठमाडौँका लागि छुटेको बस बेलझुण्डीमा दुर्घटनामा परेको हो। घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मल्लले बताए।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया