काठमाडाैं । यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा चर्काे वृद्धि गरेसँगै विभागले भाडा बढाएको हो । इन्धनको बजार मूल्य पाँच प्रतिशत वा पाँच प्रतिशतभन्दा बढीले घटबढ भएमा स्वचालित प्रणालीमार्फत भाडा पनि घटबढ हुँदै आएको छ ।

विभागले आजैदेखि लागू हुने गरी यात्रुवाहक गाडीमा पाँच दशमलव ३० प्रतिशत, पहाडी बाटोमा चल्ने मालवाहक गाडीमा ६ दशमलव ९४ र तराईको बाटोमा चल्ने मालवाहक गाडीमा सात दशमलव सात प्रतिशतले भाडा बढाएको छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया