धानखाेलाकाे पहिरोमा परी दुइजना  बेपत्ता

 

 

दाङ । प्युठानको स्वगद्वारी मन्दिरको दर्शन गरेर फर्किएका दुई भारतीय नागरिक पहिरोमा परी बेपत्ता भएका छन् ।

उनीहरू कपिलवस्तुको शिवराज नगरपालिका १, धानखोलामा आएकाे पहिरोमा परी बेपत्ता भएका हुन । लु २ ख २७१६ नम्बरको गाडिबाट उनीहरू फर्किँदै गरेका थिए ।

पहिराेमा परि बेपत्ता हुनेमा भारतको सिद्धार्थनगर जिल्ला बस्ने वर्ष १७ का निखिल कौशाल र वर्ष १८ का सुरज सोनी रहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार उनीहरू गाडीबाट झरेकाे अबस्थामा  अचानक आएको पहिरोले बगाएकाे हाे । उनीहरूकाे खोजीकार्य जारी रहेको प्रहरीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया