लमहीमा रोकिराखेको ट्रकसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

देउखुरी । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ।

 

मृत्यु हुनेमा लमही नगरपालिका ७ बनघुस्री निवासी ४३ वर्षीय महेन्द्र गिरी रहेको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ।

मंगलबार राति करिब ९ बजे तिर लमही नगरपालिका ७ बनघुस्री स्थित पूर्वपश्चिम राजमार्गमा रोकिराखेको लु १ ख ९५७० नम्बरको ट्रकसँग पश्चिमबाट घरतर्फ जाँदै गरेको प्रदेश ३०२००९ प ९८५८ नम्बर मोटरसाइकल ठोक्किँदा गिरीको मृत्यु भएको थियो।

उपचारको लागी लमही अस्पताल लगिएको र चिकित्सकले मृत घोषणा गरेका थिए। शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ भने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया