दाङबाट रुकुमकाेट जाँदै गरेकाे बस सल्यानमा दुर्घटना, १४ जना यात्रु घाइते

दाङ । सल्यानको थारमारेमा बस दुर्घटना भएको छ।

 

दाङ । घोराहीदेखि रुकुमकोट जाँदै गरेको रा १ ख २०८५ नम्बरको यात्रुबाहक बस सल्यान बागचौर नगरपालिका वडा नं. २ थारमारे ठिनवाङ खोला पुल नजिकै दुर्घटना भएको हो।

दुर्घटनामा परी १४ जना यात्रु घाइते भएका छ्न्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको जनप्रिय पोलिक्लिनिक, सहज पोलिक्लिनिक बागचौर र जिल्ला अस्पताल सल्यानमा उपचारका लगिएको छ।

घटनाको थप विवरण आउन बाँकी रहेको छ।

तपाईको प्रतिक्रिया