
गढवा। ‘सहकारीमा सुशासन, प्रविधि र एकिकरण’ भन्ने नाराका साथ ६७औं राष्ट्रिय सहकारी दिवस बृहत रुपमा गढवामा सम्पन्न भएको छ ।
सहकारी दिवसको अवसरमा मंगलवार गढवा गाउँपालिकामा रहेको जनता माध्यमिक विद्यालयको खेल मैदानबाट र्याली निकाली गढवा बजारको मुख्यचोक हुदै गढवा गाउँपालिकाको सभाहलमा सकिएको हो। र्यालीमा गढवामा क्रियाशील सहकारीहरुले आ आफ्नो ड्रेस, बाजागाजा सहित सहभागिता जनाएका थिए ।
६७औं राष्ट्रिय सहकारी दिवस गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालको आयोजना तथा गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वयमा सम्पन्न भएको हो । गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालको अध्यक्ष बेगम बहादुर गहतराजको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका सहकारी शाखा प्रमुख अशोक कुमार यादव र राष्ट्रिय सहकारी बैंक दाङ शाखाका उप समिति सदस्य शिवधोज मल्लको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले सहकारीले निति सिद्धान्त अनुसार कामहरु गर्नु पर्ने बताउदै केही सहकारीले नराम्रो काम गरेमा त्यसले सिंगो सहकारी क्षेत्रलाई असर पर्ने भएकाले सबै सहकारीहरुलाई राम्रो सदस्यमैत्री काम गर्न अनुरोध गर्नुभयो। सहकारी सदस्यले सदस्यको लागी सदस्यद्धारा चलाइने सामुहिक साझा व्यवसाय भएकाले आ आफनो सहकारी अनुगमन र नियमन आफैले गर्नुपर्ने उपाध्यक्ष चौधरीले बताउनुभयो । स्थानिय तहले सहकारीको विकास गर्न कुनै पनि कसुर बाकी नराख्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै पालिका स्तरीय सहकारी संञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजले गढवा गाउँपालिकामा भएका सहकारीहरुलाई सहि दिशामा लैजान आफु कुनै कसर बाँकी नराख्ने बताउनुभयो। सहकारी दिवशको अवसरमा हजारौंको संख्यामा उपस्थितिले सहकारीमा क्रियाशील्ताको राम्रो प्रमाण भएको बताउदै अध्यक्ष गहतराजले पछिल्लो समय देखा परेको आर्थिक मन्दीले अन्य बित्तीय संस्थाहरुलाई असर गरे पनि अन्य वित्तीय संस्थाहरुमा जस्तो सहकारीमा असहज अवस्था नरहेको बताउनुभयो ।

६७औ राष्ट्रिय सहकारी दिवशको अवसरमा पत्रकार तथा पालिका स्तरीय सहकारी संञ्जालका प्रेस सल्लाहकार उमानाथ यादव (आलोक भावुक) लाई सम्मान गरिएको छ । सञ्जालको प्रेस सल्लाहकार भई स्वतन्त्र निष्पक्ष र सफल रुपमा सहकारीको क्षेत्रमा कलम चलाई सूचना संप्रेषण गरि सहयोग गरेकोले सहयोगको उच्च कदर गर्दै सञ्जालले प्रमाणपत्र सहित सम्मानित गरेको छ।
सहकारी दिवशको अवसरमा सञ्जालले गढवामा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै ४ वटा सहकारी संस्थालाई पनि सम्मान गरेको छ। सम्मान हुनेमा साना किसान कृषि सहकारी संस्था, टुषा कृषि सहकारी संस्था, उनको बचत तथा ऋण सहकारी संस्था र आयाम बहुद्देश्यीय सहकारी संस्था रहेको छ।
सामाजिक व्यक्तित्व सिता थापाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण आयाम बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष ओम प्रकाश बसेलले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया