देउखुरी । कारबाही र उचित क्षतिपूर्ति माग राख्दै पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारिएको छ । करेन्ट लागेर एकै घरका तीन जनाको मृत्यु भएपछी लापरबाही गर्ने विद्युत प्राधिकरणलाई कारबाही र उचित क्षतिपूर्तिको माग राख्दै राप्ती गाउँपालिका –३ मसुरियामा स्थानीय तथा आफन्तले राजमार्ग अवरुद्ध पारेका छन ।

विद्युत प्राधिकरणको चरम लापरवाहीका कारण ३ जनाको मृत्यु भएको हुदा पिडित पक्षलाई जनही २५ लाखका दरले क्षतिपूर्ति र शिक्षा र स्वास्थ्यको उचित व्यवस्थापनलायतको माग सहित सडक अवरुद्ध गरिएको हरी भुसालले बताए ।
शनिबार दिउँसो ११ सय केभीको हाइटेन्सन लाइनको तार चुडिएर एकै घरका तीन जनाको मृत्यु भएको थियो । ६० बर्षिय गोरखबहादुर केसी, ५५ बर्षिय दिलसरा केसी र ४ बर्षिय नाति इश्वर केसीको मृत्यु भएको थियो । गोरखबहादुरको उपचारको क्रममा र दिलसरा र इश्वरको घटनास्थलमा मृत्यु भएको थियो ।
तिनै जनाको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

तपाईको प्रतिक्रिया