
देउखुरी । दाङको देउखुरीमा मोटरसाइकल र बस एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा परेर दुई जनाको मृत्यु छ। एक जनाको घटनास्थलमा र एक जनाको उपचारको लागी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।
राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवा र नौसरा विचमा रहेको कोरिया खोलापुल नजिक रा १ ख २३६० नम्बरको बस र रा ७ प २०७ नम्वरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो। दुर्घटनामा परेर राजपुर गाउँपालिका–५ नौसहरा निवासी २४ बर्षीय प्रमोद यादवको घटनास्थलमा र सोही ठाउँ निवासी २४ बर्षीय प्रदिप यादवको थप उपचारको लागी बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ। दुर्घटनापछि स्थानीयहरु आक्रोशित बनेका छन्।
उनीहरुले बसमा तोडफोड र आगजनीको प्रयास गरेका हुन। घटनास्थलमा ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक नवीन वली सहितको टोली खटिएको थियो। बस र चालक प्रहरी नियन्त्रणमा रहेका छन्।

तपाईको प्रतिक्रिया