दाङकाे मसुरियामा करेन्ट लागेर एकै घरका दुई जनाको मृत्यु, एक जना गम्भिर घाईते

देउखुरी । दाङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।

 

राप्ती गाउँपालिका–३ मसुरिया स्थित विद्युतको तार चुडिएर करेन्ट लाग्दा एकै घरका दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

स्थानीय ५५ बर्षिय दिलसरा केसी र उनका ४ बर्षिय नाती इश्वर केसीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्जलबहादुर सिंहले जानकारी दिए । हजुरआमा र नाती घरको आगनमा उभिएको अवस्थामा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लाग्दा ६० बर्षिय गोरखबहादुर केसी गम्भिर घाईते भएको र उहाँलाई उचारको लागी बुटवल लगिएको छ । एक्कासी विजुली तार चुडिएर घरको आगनमा पुग्दा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको र अर्का एक जना घाईते भएको प्रहरीले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणको हाईटेन्सनलाइनको तार चुडिएर करेन्ट लागेको बताइएको छ ।

तपाईको प्रतिक्रिया