दशरथ घिमिरे
देउखुरी । देउखुरी बैंकर्सले ग्लोबल मनी विक २०२४ को अवसरमा दाङमा लमहीमा र्याली आयोजना गरेको छ । बैंकर्षमा आवद्ध बैंकहरुका शाखा प्रमुख तथा कर्मचारीहरु र्यालीमा सहभागी थिए । लमहीको बसपार्कबाट सुरु भएको र्यालीले बजारको विभिन्न भागको परिक्रमा गरेको थियो ।
सबै नागरिकमा वित्तीय साक्षरता पुग्नुपर्ने र त्यसका लागी सबैले साझा कार्यक्रमको रुपमा प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ । बैंकिङ्ग क्षेत्रमा भएको डिजिटलाईजेसनपश्चात् अपराध तथा जोखिमहरु पनि बढेको भन्दै आम उपभोक्ता वित्तिय साक्षरको पहुँचमा पुग्नुपर्नेमा जोड दिइएको हो ।
कोणसभालाई कृषि विकास बैंकका तिर्थराज पण्डित, सांग्रिला विकास बैंकका तेजबहादुर नेपाली, माछापुच्छ्रे बैंकका दिनेश बोहोरा, ग्लोबल आईएमइ बैंकका रेणु घिमिरेले सम्वोधन गरेका थिए । कोणसभाको सहजीकरण हिमालयन बैंकका सन्तोष कुँवरले गरेका थिए ।
तपाईको प्रतिक्रिया