
देउखुरी । पाठेघरको क्यान्सरबाट पिडित देउखुरी राजपुरकी एक महिलाको उपचारमा समस्या भएको छ ।
राजपुर गाउँपालिका–१ माररी खोला निवासी मिनु सुनार क्यान्सर रोगका कारण पिडित हुनुहुन्छ । हाल सम्म उपचार गर्दा लाखौं रकम सकिएको, घर खेत बेचेर सकिएपछी उपचारमा समस्या परेको छ । उपचारको लागी पटकपटक अस्पताल जानुपर्ने, अस्पतालको बसाई लामो हुने, औषधी उपचार महंगो हुदा समस्या परेको वडा सदस्य भिमकुमारी सुनारले बताउनु भयो ।
एक छाक खाने अन्न समेत घरमा नहुदा थप पिडता सहनु परेको छ ।‘दिदिको पिडा धेरै छ । क्यान्सर संग जुध्नुपरेको छ । उपचार गर्ने पैसा नहुदा छट्पट्टी छ’उहाँले भन्नुभयो,‘हामीले गर्ने सहयोग ग¥यौं । तर, उपचार खर्च धेरै हुदा समस्या प¥यो ।’
चितवन क्यान्सर अस्पतालमा किमो चढाउन जाँने समेत पैसा नहुदा घरमै रोग पालेर बस्नु परेको छ । अहिले अर्काको घरमा बस्नु परेको छ । आफ्नो बास समेत नहुदा समस्या परेको छ । आर्थिक सहयोग गर्न चाहनेहरुले मिनु सुनारको नाममा सांग्रिला डेभलपमेन्ट बैंकको खाता नम्बर ०१७०१४००१३१७५००००००१ मा सहयोग जम्मा गर्न सक्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया