देउखुरी । हरेक वर्ष शिक्षामा लागानी भइरहेको छ । उक्त लगानी गुणस्तरीय शिक्षामा भन्दापनि विद्यालयको भौतीक संरचनामा लगानी भइरहेको छ । पछिल्लो समय गुणस्थरीय शिक्षामा जोड दिनु भन्दा पनि शिक्षालाई नाफा मुलक व्यवसायको रुपमा लिन थालिएको छ । तर विद्यार्थीको चेतनामा सुधार भएको पाइदैन । विद्यालयमा शिक्षा मात्र होइन व्यवहारीक शिक्षा समेत दिन आवश्यक देखिन्छ । विद्यालयमा शिक्षाको साथसाथै व्यवहारीक शिक्षाको आवश्यकता औलाउदै राप्तीमा नयाँ शिक्षालयको स्थापना भएको छ ।

लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा चैतन्य पाठशाला स्थापना भएको हो । नयाँ ढंगबाट विद्यार्थीहरुलाई पठनपाठन गर्ने उद्देश्यले पाठशाला स्थापना गरिएको हो । बुधबार विद्यालयले राप्ती गाउँपालिका–४ मौरीघाटमा पत्रकार सम्मेलन गरेर विद्यालयले कानुनी मान्यता सबै प्राप्त गरिसकेको, आगामी शैक्षिक सत्रदेखि कक्षा नर्सरीदेखि ११ सम्मको पठनपाठन अघि बढ्ने जानकारी दिएको छ ।
विद्यार्थीहरुमा प्रगतिशील शिक्षा प्रदान गर्ने प्रमुख लक्ष राखेर पाठशाला स्थापना गरिएको पाठशालाका अध्यक्ष तथा प्रबन्धक डा.जीवराज आचार्यले बताउनुभयो । ‘देउखुरी क्षेत्र शिक्षाको मामिलामा जिल्लाको तुलनात्मकरुपमा पछि परेको भए पनि प्रदेशको राजधानी कायम भएसँगै केही आशाका किरणहरु पलाएका छन् । तर वर्तमानमा सञ्चालित निजी स्तरका विद्यालयहरु परम्परागत शैली भन्दा माथि उठ्न सकेको देखिदैन’– अध्यक्ष डा.आचार्यले भन्नुभयो– ‘गुणस्तरीय शिक्षाको खास अर्थसम्मै पुग्न नसकेको पाइन्छ ।
श्वयम प्रती, परिवार प्रती, समाज प्रती र प्रकृति प्रतीको दृष्टि मुलक शिक्षा नै आजको आवश्यकता हो । जसले व्यवहारीक रुपमा बुझ्ने शिक्षामा जोड दिन्छ । शिक्षाको विश्वव्यापी मान्यतालाई शिरोधार्य गर्दै खास विशिष्ट उद्देश्यले प्रेरित हुँदै यो क्षेत्रमा एउटा यस्तो विद्यालयको आवश्यकता महसुस भएको छ । जसले साँचो अर्थमा प्रगतिशील शिक्षा प्रदान गर्न सकोस्, जहाँ अध्ययन प्रत्यक्षरुपमा सिकाइ, व्यवहार र उपयोगितासँगै हिड्न सकोस् ।’
अब्बल र सबल हुँदै विश्वव्यापी मान्यताका आधारमा द्यिालय सञ्चालन गर्नु र ती मान्यतामा रहेर देश, क्षेत्र र परिवेश सुहाउँदो, सक्षम नागरिक तयार गर्ने ध्यये राखेर चैतन्य पाठशाला सञ्चालनमा आएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । विद्यार्थीको मनोविज्ञान बुझेर पठनपाठनको शैलीलाई पनि बदलिने भएकाले विद्यार्थीले पूर्ण सिकाइ प्राप्त गर्ने पाठशालाका प्रिन्सिपल सुषमा रेग्मीले जानकारी दिनुभयो । ‘विद्यार्थीहरुको पढाइप्रति रुची बढाउन उसको मनोविज्ञानको अध्ययन हुन्छ । त्यही आधारमा हामीले पठनपाठनको शैली बदल्छौं’– उहाँले भन्नुभयो– ‘विद्यार्थीलाई जीवनपयोगी सीपहरु सिकाइन्छ ।’
पाठशालाले थोरै विद्यार्थी राखेर कक्षा सञ्चालन गर्ने, कक्षा ५ सम्म बिहान ९ बजेदेखि अपराह्न्न ४ बजेसम्म र कक्षा ६ देखि १२ सम्म विहान ७ बजेदेखि साँझ ५ बजेसम्म पढाइ सञ्चालन गरिनेछ ।
विद्यार्थीको मनोवैज्ञानिक पक्षलाई प्राथमिकतामा राखिने, गर्दै सिक्दैको अवधारणा, ठूला र सुविधायुक्त कक्षाकोठाको व्यवस्था गरिने विद्यालयले जनाएको छ । पत्रकार सम्मेलनको सञ्चालन पाठशालाका सञ्चालक बसन्तराज भट्टराईले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया