देउखुरी । दाङमा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ।

शुक्रबार राति लमही-भालुवाङ सडकखण्डको राप्ती गाउँपालिका- ५ कमलरोड नजिक रोल्पादेखि घोराही जाँदै गरेको बा १८ च ८६१८ नम्बरको पिकअप गाडी र पश्चिमदेखि पूर्व जाँदै गरेको लु ३२ प ७०१४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटनामा भएकाे हाे।
दुर्घटनामा परी मोटरसाइकल चालक राप्ती गाउँपालिका- ८ पिपरी निवासी २७ बर्षिय सुनिल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले, जनाएको छ ।
गम्भीर अवस्थामा चौधरीलाई उपचारको लागि लमही अस्पताल लगिएको थियो। अस्पताल लग्ने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए।
पिकअप गाडीका चालक शुद्वोधन गाउँपालिका- २ बस्ने आस्वीन सुनार पनि घाइते भएका छन्। उनको भैरहवामा उपचार भइरहेको छ।
मृतक मोटरसाइकल चालकको शव लमही अस्पतालको शव गृहमा राखिएको छ। तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

तपाईको प्रतिक्रिया