गोरखा स्कुल लमहीको पाँचौं बार्षिकोत्सव सम्पन्न

 

 

दाङ । गोरखा मोडेल सेकेन्डरी स्कुल लमहीले आफ्नो पाँचौं बार्षिकोत्सव मनाएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष डोरबहादुर जिसीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्राचार्य लोकमान रिजालले देउखुरी क्षेत्रमा शिक्षा क्षेत्रमा नयाँ आयाम दिन विद्यालयले काम गरिरहेको जानकारी सहितको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा गोरखा ग्रुपका प्रमुख कार्यकारी अधिकृत नवलसिंह घर्तीमगर, मनोपरार्मदाता खगेन्द्र पदमा, तालिम तथा परार्श केन्द्रका अध्यक्ष पुरुषोत्तम गौतम, विद्यार्थी अश्विन विष्ट, गोरखा आईडिल विद्यालयका प्राचार्य बसन्त पुन लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा अजम्मरी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष पवन शर्मा रिजाललाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक प्रकाश वली र शिला रिजालले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया