
तुल बहादुर कवँर मगर
देउखुरी । राप्ती गाउँपालिका दाङले भालुवाङ्ग स्थित लालमटिया स्वास्थ्य चौकी बाट सरुवा भई जान लाग्नु भएकी डाक्टर प्रतिभा महतो लाई बिदाई गरेको छ।
सुर्य विनायक अस्पताल भक्तपुरमा सरुवा भई जान लाग्नु भएकी डाक्टर महतोलाई गाउँपालिकाले बुधबार पालिकामा फेरि भेट हौला कार्यक्रमको आयोजना गरि बिदाई गरेको हो।
गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली ,स्वास्थ्य शाखा प्रमुख नारायण रावत लगायत पालिकाका अन्य कर्मचारीहरुले फूल माला र टीका लगाई डाक्टर महतोको बिदाई गरेको हो।
कार्यक्रममा पालिकाका अध्यक्ष विष्टले डाक्टर महतोलाई पालिकाको तर्फबाट मायाको चिनो समेत प्रदान गर्नु भएको थियो ।
सो अवसरमा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले डाक्टर महतोले सेवा अवधिभर स्वास्थ्य सेवा प्रवाहमा पुर्याएको योगदानको उच्च प्रसंसा गर्दै जहाँ रहेर सेवा गरे तापनि देशका सबै क्षेत्रका बिरामीहरुले चिन्ने गरि काम गर्न आग्रह गर्नुभयो।
त्यस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले सरुवा प्रक्रिया नियमित प्रक्रिया भएको उल्लेख गर्दै जुनसुकै ठाउँमा सरुवा भए पनि आफ्नो पेशा र कर्म प्रति मर्यादित भएर सेवा प्रवाह गर्नु पर्ने बताउनुभयो ।
डाक्टर महतो नेपाल सरकारले प्रदान गरेको छात्रवृत्ति मार्फत आफ्नो पढाइ पूरा गरि विगत डेढ वर्षअघि देखि लालमटिया स्वास्थ्य चौकी भालुवाङ्ग कार्यरत रहनु भएको थियो ।


तपाईको प्रतिक्रिया