शर्त राखेर कित्ताकाट विना राजधानीकाे जग्गा फुकुवा(ब्रेकिङ)

देउखुरी । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको रोक्का जग्गा फुकुवा भएको छ ।

 

शर्त राखेर जग्गा फुकुवा भएको लुम्बिनी प्रदेशका गृहमन्त्री तथा सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्तिक १ गतेको निर्णय अनुसार कित्ताकाट नहुने गरी रोक्का जग्गा फुकुवा भएको मन्त्री पाण्डेले बताए । ल्याण्डपुलिङलाई असर नगर्ने गरी कित्ताकाट विना जग्गा खाृेलीएको हो ।

रर३ वर्ष देखि राप्ती उपत्यकाको राप्ती गाउँपालिकाको सबै बडा, शितगंगा नगरपालिकाको ८ र ९ तथा गढवा गाउँपालिकाको १, २ र ३ नं. वडाको जग्गा रोक्का रहेको थिए । दशैं लगत्तै राजपत्रमा प्रकाशन भएपछि कार्यान्वयनमा आउने मन्त्री पाण्डेले बताए ।

 

 

तपाईको प्रतिक्रिया