नर्तीमा सुरु भयो क्रिकेट प्रतियोगीता, १९ टिमले भाग लिए

देउखुरी । देउखुरीमा आरएन प्रोडक्सन हाउस क्रिकेट कप प्रतियोगीता सुरु भएको छ ।

 

प्रतियोगीताको सोमवार उद्घाटन गरिएको छ । लमही नगरपालिका–१ नर्ती खेलमैदानमा क्रिकेट प्रतियोतीता सुरु भएको हो । आरएन प्रोडक्सन हाउसका सञ्चालक प्रदिप खनालको अध्यक्षता तथा अशोक पौडेलको प्रमुख आतिथ्यतामा खेलको उद्घाटन गरिएको छ ।

उद्घाटन कार्यक्रममा समाजसेवी बसन्त शर्मा, किरण चौधरी, बकेन सामुदायिक वन समुहका अध्यक्ष धनिराम चौधरी, हुतराज श्रेष्ठ, न्यू जेनेरेशन युवा क्लवका बिजय रावत, शिवलाल भण्डारी, द्रोण भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

१९ वटा क्रिकेट टिमले भाग लिएका छन् । आज आयोजक र प्यूठान क्रिकेट टिम विच भएको खेल आयोजक टिमले जितेको छ । खेल २० ओभरको रहेकाे छ ।

प्यूठानको क्रिकेट टिम ८ ओभर मै अलआउट हुदै २९ रन मात्र जाेड्न सक्याे । ३० रनकाे लक्ष्य पाएकाे आयाेजक टिमले ३ ओभरको समाप्ती संगै निर्धारित लक्ष्य भेट्टाउन सफल भएको थियो ।

तपाईको प्रतिक्रिया