तत्काल भालुवाङ बसपार्क सञ्चालनमा ल्याउँछौः अध्यक्ष विष्ट

भालुवाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले भालुवाङका व्यापारीहरूको रोजीरोटी नखोसिने गरि तत्काल भालुवाङमा निर्माणधिन बसपार्क सञ्चालनमा ल्याउने बताएका छन् ।

 

राप्ती उद्योग वाणिज्य संघ भालुवाङले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरूको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको भालुवाङमा क्षेत्रमा बसपार्क सञ्चालन नहुँदा दुर्घटनाको जोखिम समेत बढेकाले तत्कालै नगरविकास समिति गठन गरेर काम अगाडि बढाइने बताएका छन् ।

राप्ती उद्योग वाणिज्य संस्थाका अध्यक्ष सुरज खड्काको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाकी नवनिर्वाचित उपाध्यक्ष कमलापती चौधरी, राप्ती गाउँपालिका वडा नम्बर १ का नवनिर्वाचित वडा अध्यक्ष गेमबहादुर खड्का, राप्ती उद्योग वाणिज्य संघ भालुवाङका निर्वतमान अध्यक्ष जगत पोख्रेल, भालुवाङ खानेपानी सरसफाई तथा उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर गुरूङ लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाका वरिष्ठ उपाध्यक्ष बाबुराम थापाको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव भरतमणी न्यौपानेले गरेका थिए ।

तपाईको प्रतिक्रिया