
देउखुरी । संविधान दिवसको अवसर पारेर देउखुरी बैंकर्सले आयोजना गरेको कर्पोरेट कप सुपर सिक्स क्रिकेट टुर्नामेन्टको उपाधी ग्लोबल आइएमई बैंकले हात पारेको छ ।
कर्णाली विकास बैंक संग भएको फाइनल खेलमा दुई विकेटले हराउदै ग्लोबल बैंकले उपाधी हात पारेको हो । कर्णाली बैंकले ५ ओभरमा ५८ रन बनाएको थियो । ५९ रनको लक्ष्य भेटाउदै ग्लोबल बैंकले पहिलो कर्पोरेट कपको उपाधी आफ्नो पोल्टामा पारेको हो ।

प्रतियोगिताकै उत्कृष्ट ब्याटसम्यान ग्लोबल बैंकका दुर्गा ओलि, बेस्ट बलर ग्लोबलका हर्क अयर र उत्कृष्ट खेलाडी सौरभ खड्का घोषीत भए ।
लमहीमा रहेको अन्तराष्ट्रिय क्रिकेट मैदानमा भदौ ३० गते र असोज ३ गते भएको प्रतियोगिताको आज एक कार्यक्रमका बिच समापन गरिएको हो । दाङ जिल्लामा रहेका बिभिन्न बैंक तथा बित्तिय संस्था एबम कर्पोरेट हाउस बिच भएको प्रतीयोगितामा १३ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको समापन देउखुरी बैंकर्सका अध्यक्ष उत्सब श्रेष्ठको अध्यक्षता एवम् लमही नगरपालिका वडा नम्बर १ का अध्यक्ष दामोदर पौडेलको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण देउखुरी बैंकर्सका सचिब सन्तोष कुँवरले गरेका थिए ।

तपाईको प्रतिक्रिया