इन्धनको मूल्यवृद्धि घटाउने सरकारको घोषणा

काठमाडौं । नेपाल सरकारले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि घटाउने भएको छ ।

 

आर्थिक वर्ष २०७९÷८० को बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि घटाउने सदनमा जानकारी गराएका हुन् । अर्थमन्त्री शर्माले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिलाई समायोजन गर्ने बताएका हुन् ।

सरकारले स्थानीय तह निर्वाचनपछि दुईपटकगरी पेट्रोलियम पदार्थमा २० रुपैयाँ मूल्यवृद्धिको थियो । इन्धनमा लगाइएको कर १० प्रतिशत घटाउने सैद्धान्तिक निर्णय मन्त्रिपरिषद् बैठकले गरिसकेको छ ।

तपाईको प्रतिक्रिया