भारी वर्षाले घोराही बजार जलमग्न

दाङ । घोराही क्षेत्रमा भारी वर्षा भएपछि शनिबार अपराह्न घोराहीको तुलसीपुर बजार जलमग्न भएको छ ।

 

बजारका सडकहरुमा पानी भरीभराउ भएर केहीबेर आवतजावत गर्न समेत समस्या भएको थियो ।

भारी वर्षपछि बजारका नालीहरु भरिएर कतिपय पसल र घरमा समेत पानी पसेको छ । पसलमा पानी पस्दा सामानसमेत भिजेका छन् भने कति पय पसलहरु पानी परेपछि बन्द गरेका थिए ।

हावाहुरीसहित आएको पानीले बालीनालीमा पनि क्षति पुर्‍याएको छ ।

तस्बिरः कुलदिप न्यौपाने

तपाईको प्रतिक्रिया