प्रतिनिधि सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं । प्रतिनिधि सभाबाट आर्थिक वर्ष २०७९÷८० को सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। शनिबारको बैठकले बहुमतबाट नीति तथा कार्यक्रम पारित गरेको हो।

 

राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।

नीति तथा कार्यक्रम माथि बिहीबार, शुक्रबार र शनिबार छलफल भएको थियो। त्यसक्रममा सांसद्हरुले उठाएका प्रश्नहरुको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारकै दोस्रो बैठकमा जवाफ दिएका थिए। त्यसपछि सांसद्हरुले सोधेको स्पष्टीकरणको पनि जवाफ दिएका थिए।

तपाईको प्रतिक्रिया