
देउखुरी । लुम्बिनी प्रदेशका १२ वटा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृताई लैंगिकतामा आधारित हिंसा एवम् हानिकारीक अभ्यासको बिषयमा प्रशिक्षित गरिएको छ । प्रहरी कार्यालयबाट सम्पादन हुने न्याय निरुपण, शान्ती, सुरक्षा प्रदान गर्ने कार्यमा सहजता ल्याउन प्रहरी अधिकृतहरुलाई प्रशिक्षित गरिएको हो ।
प्रदेश प्रहरी कार्यालय दाङ तुलसीपुर र सिद्धार्थ सामाजिक विकास केन्द्रले यूएनएफपिएको सहयोगमा प्रदेश भित्रका प्रहरी अधिकृतलाई अभिमुखीकरण गरिएको छ । लैंगिक हिंसा विरुद्धको कानुनी कारबाही गर्ने, मुद्धा दर्ता गर्ने, न्यायको प्रक्रियामा अघि बढाउने काम प्रहरी कार्यालयको भएकाले लैंगिकतामा आधारित हिंसा न्यूनिकरण र न्याय निरुपणको काममा सहयोग पु¥याउने उद्देश्यले अन्तरसंवाद गरिएको सिद्धार्थ सामाजिक विकास केन्द्रका पूर्व अध्यक्ष पोमनाराण पौडेलले बताए ।

हरेक जिल्लामा रहेको प्रहरी कार्यालयमा महिला, बालवालिका तथा ज्येष्ठ नागरिक शाखा रहेका छन् । ति शाखाबाट सम्पादन हुने कार्यलाई थप प्रभावकारी बनाउनेगरी अन्तरसंवाद गरिएको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका तुलसीपुरका प्रहरी बरिष्ठ उपरिक्षक कृष्णबहादुर पल्ली मगरले प्रहरी कार्यालयमा लैंगिक हिंसाका घटनालाई सम्वोधन गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गरिएको बताए ।
लुम्बिनी प्रदेशमा लैङ्गीक हिंसाका घट्ना बढ्दो अवस्थामा देखिएको छ । प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका अनुसार घरेलु हिंसाका घट्ना आर्थिक बर्ष २०७८/०७९ को तुलनामा आर्थिक बर्ष २०७९/०८० मा बढेको देखिएको छ । आर्थिक बर्ष २०७८/०७९ मा घरेलु हिंसाका घटना दुई हजार ८ सय ६० उजुरी परेकोमा आर्थिक बर्ष २०७९/०८० मा केही बढेर दुई हजार ८ सय ८८ उजुरी परेको छ ।

चालु आर्थिक बर्षको साउन महिनामा मात्रै ३०३ वटा घरेलु हिंसाका उजुरी प्रहरी कार्यालयमा दर्ता भएको र निरुपनको काम चलिरहेको प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक कृष्णबहादुर पल्ली मगरलेले जानकारी दिनुभयो । जवरजस्ती करणीका घटना आर्थिक बर्ष २०७८/०७९ मा तीन सय ८० र आर्थिक बर्ष २०७९/०८० मा तीन सय ५१ दर्ता भएका छन् । साउन महिनामा मात्रै ४६ वटा घटना दर्ता गरिएको छ । बहुविवाह गरेको भन्दै आर्थिक बर्ष २०७९/०८० मा एक सय ३२ मुद्धा चलेको छ । चालु आर्थिक बर्षको साउन महिनामा मात्रै २० वटा घटना दर्ता भएको प्रहरीले जनाएको छ ।

लुम्बिनी प्रदेशमा बलबिवाह गरेको मुद्धा पनि दर्ता भएको छ । आर्थिक बर्ष २०७९/०८० मा ८ वटा मुद्धा दर्ता भएको छ । चालु आर्थिक बर्षको साउन महिनामा मात्रै ४ वटा घटना प्रहरी कार्यालयमा दर्ता भएको छ । आर्थिक बर्ष २०७८/०७९ मा ९ वटा बालविवाहका मुद्धा दर्ता भएको थियो । अधिवक्ता सविन श्रेष्ठका अनुसार यौन जन्य हिंसामा लुम्बिनी प्रदेश दोस्रो स्थानमा रहेको भन्दै हिंसा न्यूनिकरणका लागी साझा अभियान चलाउन आवश्यक रहेको छ । नातेदार तथा आफन्त बाटनै यौनजन्य हिंसाको घटना हुने गरेको घटना अध्ययनले देखाएको छ ।

तपाईको प्रतिक्रिया