पछिल्लो २४ घन्टामा देशभर ३ हजार ८७७ जनाको कोरोना परीक्षण गर्दा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ५२८ जनाको पीसीआर र एक हजार ३ सय ४९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
बुधबार २५ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ। देशभर ३१८ जना सक्रिय संक्रमित छन्।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया