मैत्रिपूर्ण फुटवलको उपाधी देउखुरी बैंकर्ष(ख)ले उचाल्यो

देउखुरी । अन्र्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमवार लमहीमा मैत्रिपूर्ण फुटवल प्रतियोगीता आयोजना गरिएको छ ।

 

देउखुरी बैंकर्षको आयोजनामा भएको मैत्रिपूर्ण फुटवलको उपाधी देउखुरी बैंकर्ष वि समुहले हात पारेको छ । देउखुरी बैंकर्ष(क) र देउखुरी बैंकर्ष(ख)समुह विच फाइनल खेल भएको थियो । सो खेलमा देउखुरी बैंकर्ष(ख) समुहले दुई गोल गर्दै जीत निकालेको थियो ।

धेरै गोल गर्ने गणेश बुढाथोकी, उत्कृष्ठ गोलकिप्परको रुपमा रविन भट्टराई र उत्कृष्ठ खेलाडीको रुपमा अदिप चौधरीलाई पुरस्कृत गरिएको छ । मैत्रिपूर्ण फुटवलमा देउखुरी बैंकर्ष(क) र लमही जेसीजको विचमा खेल भएको थियो । जसमा लमही जेसीजलाई एक गोलका विरुद्ध ३ गोल गर्दै देउखुरी बैंकर्ष(क) विजय हुदै फाइनलमा प्रवेश गरेको थियो ।

पत्रकार र देउखुरी बैंकर्ष(ख) विच भएको खेलमा दुई गोल गर्दै देउखुरी बैंकर्ष(ख) विजय हुदै फाइनलमा प्रवेश गरेको थियो । देउखुरी बैंकर्ष(क) र (ख) को विचमा फाइनल खेल भएको थियो

तपाईको प्रतिक्रिया