एसीसी प्रिमियर कप अनतर्गत ओमनविरुद्ध नेपालले ८४ रनको जित हात पारेको छ। त्रिविस्थित क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले ओमनलाई हराउँदै लगातार दोस्रो जित निकालेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो। ३ सय ११ रनको विशाल लक्ष्यको पाएको ओमान ४६ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै २ सय २६ रनमै समेटियो।
ओमानलाई ब्याटिङ धरासायी बनाउने क्रममा नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ३÷३ विकेट, दीपेन्द्रसिंह ऐरीले २, ललित राजवंशले १ विकेट लिए।
दीपेन्द्रसिंह ऐरीले सन्दीप गौड र आयन खानको विकेट लिए। गौडले ५६ बलमा ४६ र २८ बलमा २९ रन बनाएका थिए। ऐरीले गौडलाई सोमपाल कामी र आयनलाई आरिफ शेखबाट क्याच आउट गराएका थिए।
सन्दीप लामिछानेले तीन विकेट लिए। सन्दीपले कस्यप प्रजापति, आदिल सिंह र जिस्मन माक्वीडको विकेट लिएका थिए। प्रजाजतिले ३५ बलमा २५ र आदिललले ३३ बलमा १३ रन बनाएर आउट भए। उनीहरु दुबैलाई सन्दीपले एलबीडब्लु आउट गराएका थिए । जिस्मन भने सुन्य रनमा आउट भए।
ललितले जतिन्दर सिंहको विकेट लिएका थिए। उनलाई १५ रनमा ललितले आउट गरेका थिए। ओमनले २३ ओभरको साप्तीमा ९९ रन बनाउँदा पाँच विकेट गुमाएको छ।
करण केसीले फायज बुट, केलिमुल्लाह र मोहम्मद नादिमको विकेट लिए। ८४ बलमा ६५ रन बनाएर खेलिरहेका मोहम्मद नादिमको विकेट लिए। केसीको बलमा कप्तान रोहित पौडेलले नादिमलाई क्याच आउट गरे।
ललित राजवंशीले पनि १ विकेट लिए। उनले ओपनर ब्याट्म्यान जतिन्दर सिंहलाई आउट गरेका थिए। १२ बलमा १५ रन बनाएका सिंह राजवंशीको बलमा बोल्ड भएका थिए।

तपाईको प्रतिक्रिया