राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगियो

राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ। श्री एयरलाइन्सको विमानमार्फत् पौडेललाई भारत लगिएको हो।

 

राष्ट्रपति पौडेललाई उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउदले विमानस्थल पुगेर बिदाइ गरेका छन्।

राष्ट्रपति पौडेललाई छातीको संक्रमण देखिएको छ। लामो समय औषधि सेवन गर्दा पनि छातीको समस्यामा सुधार नदेखिएपछि चिकित्सकहरुले थप परीक्षण र उपचारका लागि भारत लैजान सुझाव दिएका हुन्।

राष्ट्रपति पौडेल फलोअपका लागि भन्दै सोमबार त्रिवि शिक्षण अस्पताल पुगेर फर्किएका थिए। छातीको समस्या थप बल्झिएपछि उनी मंगलबार अस्पताल भर्ना भएका थिए।

तपाईको प्रतिक्रिया