नयाँ बर्षको अवसरमा माररीखोलामा भव्य सांस्कृती कार्यक्रम र भलिवल प्रतियोगीता आयोजना

 

 

देउखुरी। राजपुर गाउँपालिका वडा नं. १ माररीखोलामा नयाँ बर्ष २०८० को अवसरमा बृहत सांस्कृतीक कार्यक्रम तथा भलिवल प्रतियोगीता सम्पन्न भएको छ । परिवर्तनशिल आमा समुह र यानीमायाँ रोधी समुहको संयुक्त आयोजना र वडा कार्यालयको सहयोगमा सांस्कृतीक कार्यक्रम र भलिवल प्रतियोगीता सम्पन्न भएको हो ।

सांस्कृतिक प्रतियोगीतामा यानीमायाँ रोधी समुह प्रथम भएको छ । दोस्रोमा कठवेरुवा हरियाली युवा क्लव, तेस्रो गूरुङ्गखोला युवा क्लव र सान्त्वना दियो असलशासन युवा क्लव भएको छ । भलिवल प्रतियोगीतामा कल्याणपुर नाका वडा नं. ६ भएको छ । दोस्रो राजपुर–१ पटौली नाका र तेस्रो राजपुर–१ मररी खोला भएको छ ।

यानीमायाँ रोधी समुहका अध्यक्ष उजिलाकुमारी सुनारको अध्यक्षता तथा वडा सदस्य तुलसा मल्लको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा वडा नं. १ का पशु प्राविधिक प्रकाश केसीले प्रस्तुती राखेका थिए । कार्यक्रमको सहजीकरण वडा सदस्य भिमकुमारी सुनारले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया