लुम्बिनी प्रदेश सभाः पुस १८ मा पहिलो अधिवेसन आह्वान

 

 

दाङ–लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेसन पुस १८ गतेका लागी आह्वान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकार, मन्त्रीपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम पुस १८ गते सोमवार दिउँसो एक बजे अधिवेसन आह्वान गरेका हुन ।

पहिलो अधिवेसन स्थायी राजधानी राप्ती उपत्यकामा आवह्वान गरिएको हो । प्रदेश सभाको नव निर्मित भवनमा अधिवेसन बस्ने छ ।

यस्तै प्रदेश सभा सदस्यको शपथग्रहण पुस १७ गते गरिने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार पुस १७ गते दिउसो १ बजे राप्ती उपत्यका देउखुरीमा निर्मित प्रदेश सभाको नयाँ भवनमा नव निर्वाचित प्रदेश सभा सदस्यहरुको सपथग्रहण राखिएको हो ।

अधिवेसन बस्नु अघिनै सपथग्रहण गर्नुपर्ने प्रदेश सभा नियमावलीमा उल्लेख छ । सोही आधारमा अधिवेनको अघिल्लो दिन पुस १७ गते सपथग्रहण तोकिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए । १६ गते सपथग्रहण राख्ने तयारी गरिएपनि शनिवार परेकाले एक दिन पछि सारिएको हो ।

बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले प्रदेशको पहिलो अधिवेशन पुस १८ गते आह्वान गर्ने निर्णय गरेको थियो । लुम्बिनी प्रदेश सभा नियमावली २०७९ का आधारमा प्रदेश सभाले काम गर्ने छ । नेपालको संविधानको धारा १८३ को उपधारा एक बमोजिम प्रदेश सभाको पहिलो अधिवेसन आह्वान पश्चात प्रदेश सभाको बैठक बस्नु अघि प्रदेश सभामा निर्वाचित भई आउने सदस्यले प्रदेश प्रमुख समक्ष पद तथा गोपिनियताको शपथ लिनुपर्ने उल्लेख छ ।

सोही आधारमा प्रमुख शेरचनले सपथग्रहण गराउने छन् । ८७ जना प्रदेश सभा सदस्य निर्वाचित भएका छन् । ५२ जना प्रत्यक्ष र ३५ जना समानुपातीकबाट निर्वाचित भएका हुन ।

तपाईको प्रतिक्रिया