जर्मनीमाथि जापानको सनसनीपूर्ण जित

एसियाली राष्ट्र जापानले चारपटक विश्व विजेता जर्मनीमाथि सनसनीपूर्ण जित हासिल गरेको छ ।

 

कतारमा जारी विश्वकप फुटबलअन्तर्गत भर्खरै सम्पन्न समूह चरणको खेलमा जापानले जर्मनीलाई २–१ को कमब्याक जित हासिल गरेको हो।

जापानका लागि तासुमा असानोले ८३ औँ मिनेटमा गरेको गोल नै निर्णयक बनेको हो।

यसअघि प्रतिस्थापन खेलाडी रिस्तु दोअनले ७५ मिनेटमा गोल गर्दै खेल एक–एकको बराबरीमा ल्याएका थिए।

पहिलो हाफमा जापान जर्मनीसँग एक गोलले पछाडि थियो। प्राप्त पेनाल्टीमा जर्मनीले गोल गर्दै ३३ औँ मिनेटमा अग्रता लिएको थियो। जर्मनीका लागि एकाई गुण्डोगानले गोल गरेका हुन्।

विश्वकपको दाबेदार मानिएको जर्मनीमाथि जापानको यो जितलाई अप्रत्यासित मानिएको छ।

मंगलबार पनि अर्को एसियाली राष्ट्र साउदी अरेबियाले अर्को दाबेदार अर्जेन्टिनालाई समान अन्तरको जित निकालेको थियो।

तपाईको प्रतिक्रिया