सतिस पौडेल
जीवनको एक महत्वपुर्ण अध्याय समाप्तगर्दै परिवार सँग नजिक रहने निर्णयमा पुगेको छु । मेरो जन्म शंकर प्रसाद पौडेल र ईश्वरा पौडेलको दोस्रो सन्तानको रुपमा भएको हो । म भन्दा अगाडि मेरो दाई जन्मनु भएको थियो, तर दाइ २१ दिनको हुदा जण्डिसको कारणले स्वर्गवासीहुनु भएछ । हाम्रो परिवार ठुलो थियो । वुवा ३ भाइ ५ दिदिबहिनीमध्येका जेठा हुनुहुन्थ्यो । म पछि हाम्रो घरमा अरु मेरो दाइभाइ दिदिबहिनि नभएको कुरा पछि मात्र थाहा पाए ।

सानो परिवार सुखि परिवार बनाउन वुवाआमाले म पछि कुनै सन्तान बनाउनु भएन । म जन्मिएको केहि बर्ष पछि पारिवारिक सहमतिमै वुवा र अंकलहरु अलग हुनुभयो ।
सानो परिवार सुखि परिवार बनाउन वुवाआमाले म पछि कुनै सन्तान बनाउनु भएन । म जन्मिएको केहि बर्ष पछि पारिवारिक सहमतिमै वुवा र अंकलहरु अलग हुनुभयो ।मेरो बाल्यकाल सुखद भएपनि जीवनमा दुःखका दिन २०६८ असोज १९ गतेबाट शुरु भयो । त्यो दिन विजयादशमीको अवसर थियो । वुवाको ब्रेन हेमरेजको कारणले कोहलपुर मेडिकल कलेजमा हामीलाई छाडेर सदाका लागि ब्रहृमलिन हुनुभयो । म त्यतिबेला १२ कक्षापास गरेर स्नातक पढाइ शुरु गर्ने तयारीमा थिए । घोराही बसेर पढने सोचको थिएँ । वुवाको असामायिक निधनले हाम्रो परिवारमा ठूलो संकट ल्यायो । अब घरमा म र आमामात्र भयौं ।
मैले जीवन धान्न रेडियो, बीमा कम्पनीमा, सहकारी, फिल्महलमा अपरेटर जस्ता कामगर्न थाले ।जीवनका उतारचढावहरु माझ २०७० साल कात्र्तिक ३ गते गते म मेरो माक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडमा प्रवेश गरे । फिल्ड सहायक बाट सुरु भएको यात्रा शाखा प्रबन्धक, असुली अधिकृत हुदै अनुगमन अधिकृत मा आएर पुर्ण बिराम लगाएको छु ।
जागिर शुरु गरेको १ वर्षमै मैले विवाह समेत गरे । परिवार सँग टाढा रहेर कामगर्दा मैले ५ वर्षकी छोरी र ३ वर्षको छोरा जीवन संगिनि तथा आमालाई पर्याप्त समय दिन सकिनँ ।
यहाँका ११ वर्ष ११ दिन मेरो जीवनका महत्वपुर्ण वर्ष बने । संस्थाले सधै कामको उच्च मूल्याङकन गर्ने संस्कार अपनायो । जागिर शुरु गरेको १ वर्षमै मैले विवाह समेत गरे । परिवार सँग टाढा रहेर कामगर्दा मैले ५ वर्षकी छोरी र ३ वर्षको छोरा जीवन संगिनि तथा आमालाई पर्याप्त समय दिन सकिनँ । यही कारणले म अब घर फर्केर उनीहरुसँग समय बिताउने र आफ्नै स्थानमा केही नयाँ गर्ने निर्णयमा पुगेको छु ।
अबको यात्रामा, आफ्नै माटोमा केही नयाँ गर्न चाहान्छु । परिवार सँग समय बिताउने र समाजमा सकारात्मक योगदान दिने मेरो सपना छ । जागिर छोडेपछि करिब करिब १०० भन्दा बढि शुभ चिन्तकहरुले फोन, म्यासेज तथा भेटघाट मार्फत अबको योजनाबारे जिज्ञासा राख्नुभयो । धेरैले वैदेशिक रोजगारीको पनि कुरा गर्नुभयो । तर मेरो योजना विदेशमा होईन आफ्नै ठाउँमा केही विशेष निमार्ण गर्ने हो । विदेशका सपनाहरुले तानिएपनि मैले परिवार सँग समय बिताउने र आफ्नै देशमा केही योगदान दिने आफ्नो पुरानो सपना बिर्सेको छैन ।
वैदेशिक रोजगारीलाई प्राथमिकता दिनुको सट्टा, आफ्नै क्षमतामा भरोसा गर्दै र आफ्नो माटोलाई अंगाल्दै जीवनलाई नयाँ दिशादिन चाहान्छु ।
वैदेशिक रोजगारीलाई प्राथमिकता दिनुको सट्टा, आफ्नै क्षमतामा भरोसा गर्दै र आफ्नो माटोलाई अंगाल्दै जीवनलाई नयाँ दिशादिन चाहान्छु । अबको यात्रा सरल नहुन सक्छ, तर आफ्नै हातले सिर्जना गरेको भविष्यको मूल्य अरु कुनै विकल्पसँग तुलनागर्न सक्दिनँ । कुनै गुनासो बिना, उत्साहपूर्वक नयाँ अध्याय सुरु गर्नेछु ।
लामो समय देखिको दौडधुप पछि आफुलाई थकान मुक्त गर्ने तथा गाउँ ठाउँका साथिभाइ र प्रियजनहरु सँग पनि लामो समय देखि टाढा रहेकोले अब पहिलेको सम्बन्धलाई नजिकबाट अनुभवगर्ने र उहाँहरुको सल्लाहलाई मन लगाएर सुन्ने र आत्म मुल्याङकन पछि मात्र सोचविचार गरी भविष्यका योजना बनाउने निर्णय गरेको छु । जीवनलाई अगाडि बढाउन हतार भन्दा परिपक्वता र सामूहिक सुझबुझलाई प्राथमिकता दिन चाहान्छु ।
मैले बिताएका यी ११ वर्ष ११ दिन मेरो जीवनका अमूल्य अनुभवहरुको खजानाहुन । जुन मेरो नयाँ यात्रामा साथ दिनेछन् । संस्था र संस्थामा कार्यरत उच्च व्यवस्थापनका आदरणीय सरहरुप्रति मेरो मनदेखि नै आभार व्यक्त गर्दछु । उक्त संस्था मेरो लागि केवल जागिरको स्थलमात्र थिएन । यो मेरो दोस्रो परिवार जस्तो बन्यो । यहाँको वातावरण सहकर्मीहरुको साथ र आदरणीय सरहरुको मार्गदर्शनले मलाई व्यावसायिक मात्र होईन, व्यक्तिगत रुपमा पनि परिपक्क हुन सघायो । अन्त्यमाः अव तपाई हाम्रो भेट आफ्नै गाउँसमाज, घर वरपरको वातावरणमा हुने छ । आशा छ, यहाँहरुको साथ सहयोग, सल्लाह सधैं पाईरहने छु । धन्यवाद् ।

तपाईको प्रतिक्रिया