सतिस पौडेल, लमही
अघिल्लो आलेखमा मेरो ११ वर्ष ११ दिनको जागिरे जीवनको कुरा गरेको थियो । त्यो जीवनले मलाई घर परिवार संग टाढा गरायो । अहिले म परिवार संग समय विताउने ईच्छाले आफ्नै गाउँठाउँमा फर्किएको छु । अवको समय गुरुकुल संग विताउने अठोट लिएर नयाँ जिम्मेवारी समेत सम्हालिसकेको छु । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तिय संस्था लि. मा फिल्ड सहायक देखि शाखा प्रबन्धक, असुली अधिकृत हुदै अनुगमन अधिकृतसम्मका भूमिका निभाउदै जीवनका अमूल्य अनुभवहरु सँगाले । तर परिवारसँग समय बिताउने र समाजको मूलभुत क्षेत्रमा योगदानदिने मेरो लक्ष्यले मलाई नयाँ बाटो रोज्न प्रेरित ग¥यो ।

अब मैले आफ्नै ठाउँको विद्यालय (गुरुकुल एकेडेमी) मा प्रशासन प्रमुखको जिम्मेवारी सम्हाल्ने गरी नयाँ जिम्मेवारी पाएको छु । शिक्षा क्षेत्रमा प्रवेश केवल जागिर खाने मात्र नभई, गुणस्तरीय शिक्षाको माध्यमबाट समाज निमार्णको यात्रामा हातेमालो गर्ने दृढ संकल्प लिएको छु । विद्यालयको प्रशासन प्रमुखको रुपमा, म शैक्षिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउँदै, गुणस्तरीय शिक्षा र विद्यार्थीको उज्ज्वल भविष्य सुनिश्चित गर्न लागि पर्नेछु ।
केहि दिनपहिले जब अधिकृतको जागिर छाँडेर आफ्नै ठाउँमा फकिर्ने निर्णय लिएँ भन्ने शिर्षकमा हाम्रो लुम्बिनी न्यूजमा आलेख प्रकाशन भएपछी अझ धेरैलाई कौतुहलता लागेर आएछ । अधिकृतको जागिर छाडेर गर्ने चाहि के भनेर धेरैले सोध्नु पनि भयो । अब स्पष्ट रुपमा भन्न चाहान्छु कि म यहाँ हजुरहरुकै छोराछोरी र नातिनातिनाहरुको उज्जवल भविष्यको आधार निमार्ण गर्न आएको हुँ ।
पैसाभन्दा महत्वपुर्ण कुराभनेको उनीहरुको शिक्षा, क्षमता र चरित्र हो । जसले उनीहरुलाई जीवनमा असल मानव र सफल नागरिक बनाउँछ । समाजको भविष्य सुरक्षित बनाउन शिक्षा नै सबै भन्दा बलियो अस्त्र हो । र त्यसलाई गुणस्तरीय बनाउनु मेरो प्रमुख उदेश्य हो । यस गुरुकुल एकेडेमी विद्यालयको मूल उद्देश्य भनेको विद्यार्थीलाई केवल किताबको पानामा सीमित राख्नु होइन, उनिहरुको सम्पूर्ण व्यक्तित्व विकास गर्दै जीवनमा आत्मविश्वासका साथ अघि बढ्न सक्षम बनाउनु हो ।
शिक्षण मात्र पर्याप्त छैन । त्यसले विद्यार्थीको रुचि र प्रतिभालाई उजागर गर्न सक्नुपर्छ । यहि कारण, विद्यालयले शैक्षिक वातावरणलाई सिर्जनात्मक, उत्साहपूर्ण, र जीवन उपयोगी बनाउन विशेष ध्यानदिएको छ । गुणस्तरीय शिक्षामार्फत, हरेक विद्यार्थीको उज्ज्वल भविष्य सुनिश्चित गर्दै समाजकालागि कुशल र जिम्मेवार नागरिक निमार्ण गर्नु गुरुकुल एकेडेमीको दिगो लक्ष्य रहेको छ ।
मेरो जीवनको यो नयाँयात्रा मेरो व्यक्तिगत अनुभव, व्यावसायिक ज्ञान, र सामाज प्रतिको प्रतिवद्धताको प्रतिफल हुनेछ । यो जीम्मेवारीले ममा एक किसिमको उर्जा थपेको छ । मेरो प्रयासले विद्यार्थी, अभिभावक र समाजको विश्वास जित्न सकूँभन्ने विश्वास राखेको छु । सबैको साथ सहयोग र सकारात्मक सोचले यो यात्रा सफल हुनेछ । मेरो यस यात्रामा हजुरहरुको साथ, सहयोग, र सल्लाहको अपेक्षा गर्दछु ।

तपाईको प्रतिक्रिया