नमुना प्रदेश राजधानी बनाउछौं

 

 

प्रदेश सभा सदस्य पदमा दाङ १(१) बाट उम्मेदवार दिएका नेकपा एमालेका गंगाराम भट्टराई सँग गरिएको विशेष कुराकानी ।

निर्वाचनको मिति त नजिकै पो आईहाल्यो ? झन व्यस्तता होला हैन ?

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन मंसिर ४ गते हुदैछ । निर्वाचनको मिति नजिकै आईहालेको छ । हामी जनताको माझमा छौं । प्रचारप्रसार अभियान व्यापक छ । सबैठाउँमा पुग्ने र आफ्ना एजेण्डाहरु राख्ने काम भइरहेको छ । हामीले निर्वाचन जितेपछी गर्ने कामहरुको योजनाहरु सुनाउने काम भइरहेको छ । मतदातामा उत्साह छ । उहाँले नयाँ सोंच र विचार भएको नेतृत्वको खोजीमा भएको महशुस गरेका छौं । निर्वाचन प्रचारमा उत्साहका साथ लागेका छौं ।

प्रचारको दौरानमा के कस्ता अनुभवहरु बटुल्न पाईरहनु भएको छ ?

जनअपेक्षा अनुसार अघिल्ला जनप्रतिनिधिले काम नगर्दा त्यसको जवाफ हामीले दिनुपर्ने अवस्था छ । वास्तवमा जनताको भावनाहरु काम गर्न नसक्दा यो भन्दा अघिल्लो पटक निर्वाचित भएका उम्मेदवारहरुमाथी गुनासा बढी छन् । जनताको भावनाहरु काम गर्नुपर्ने पहिलो जिम्मेवारी जनप्रतिनिधिको हो । हामी निर्वाचित भएमा काम गर्ने शैलि फेरिने छ । सबैको साझा जनप्रतिनिधि भएर जिम्मेवारी निर्वाह हुनेछ । जनताको भरोसा नटुटाउनेगरी काम गर्नुपर्छ भन्ने अनुभव बटुल्न पाएको छु ।

प्रश्नः उसो भए के एजेण्डा लगेर जनता माझ जानु भएको छ त ?

उत्तरः हामीले गर्ने भनेको नीति निर्माण गर्ने हो । जसका लागी सोंच, रणनीति र योजना चाहिन्छ । त्यसमा हामीले काम गर्ने छौं । अहिले मुख्यगरी जनताको बृद्धिविकासनै हाम्रो प्रमुख योजना हो । जनताको आर्थिक सवलताका लागि योजनाबद्ध पुर्वाधार निर्माण गर्ने छौं । कृषि उत्पादकत्वमा बृद्धि तथा सुशासन युक्त संस्थागतको विकास गर्दै लुम्बिनी प्रदेश नमुना राजधानी निर्माण गरी प्रभावकारी जन प्रशासन तथा सेवा संचालन गराइ सुन्दर स्वस्थ शहरको निर्माण गर्ने छौं । जसबाट यस क्षेत्रका जनताहरुको आर्थिक सामाजिक सांस्कृतिक र राजनैतिक विकासमा विद्यमान स्रोत र साधनको प्रयोग गर्दै रचनात्मक जन सेवकको भुमिका निर्वाह गर्ने हाम्रो सोच छ । अविलम्व गुरु योजना बमोजिमको प्रदेश राजधानि निर्माण गरी नागरिक सेवा संचालनका लागि राजनैतीक/संस्थागत तथा ब्यवस्थापकिय भूमिका निर्वाह गर्ने र सोही बमोजिमका पुर्वाधार निर्माणमा जोड दिने लक्ष्य छ । देउखुरी क्षेत्रका सम्पुर्ण गरिखाने बर्गका लागि आर्थिक संमृद्धि र सामाजिक समानताका लागि स्वरोजगार र उद्यमसिलताका कार्यक्रम बार्षिकरुपमा कम्तिमा २० वटा साना ठुला आयोजनाहरु संचालन गरी विद्यमान युवा बेरोजगारी लाइ क्रमश घटाउदै लगि प्रति ब्यक्ति आम्दानी बृद्धिका लागि सहयोग पुर्याउने योजना छ । देउखुरी क्षेत्रमा रहेका संघ प्रदेश तथा पालिकास्तरवाट प्रवाह हुने सेवा र नागरिक सहभागिता लाइ जनमैत्री तथा प्रविधियुक्त बनाइ सुशासन र पारदर्शिता कायम गरी जन प्रशासनको क्षमता विकास गरी जनतामा सरकारको अनुभुति प्रदान गराउदै देउखुरी क्षेत्रको सन्तुतित बिकासका आयोजनाहरु जन सहभागितामा सन्चानल गर्ने योजना हो ।

हामीले विभिन्न नीतिहरु तयार पार्ने छौं । जसमा आर्थिक विकासको नीति, सामाजिक विकास नीति, पूर्वाधार विकास नीति, पर्यटन तथा सांस्कृतिक विकास नीति, वन वातावरण/सरसफाइ तथा विषद् ब्यवस्थापन लगायतका नीतिहरु निर्माण गरेर जनतालाई जोड्नेछौं । आर्थिक विकास नीतिमा प्रमुख रुपमा‘जनताको आर्थिक को आधार कृषि पर्यटन र पुर्वाधार’ भन्ने मुल नाराका साथ पालिका स्तरीय कृषि उत्पादन बृद्धिका लागि पकेट क्षेत्र निर्धारण गरी निजी सहकारीका माध्यम बाट कृषि औजार तथा प्रविधिहरुको प्रयोग गरी उत्पादन तथा उत्पादकत्व बृद्धिका लागि अनुदान सहितका विशेष कार्यक्रम संचालन गरिनेछ । किसानका सम्पुर्ण कृषि उत्पादनहरु नीजि तथा सहकारी मार्फत खरीद गरी उपयुक्त बजार ब्यवस्थापन तथा प्रशोधनका लागि लघु उद्यम तथा साना उद्योग सचालनका लागि प्रोत्साहन अनुदान सहयोग गरिनेछ । कृषि क्षेत्रमा विउ विजन संरक्षण/खाद्य भण्डार तथा वितरणका लागि कृषि सहकारीको माध्यम बाट सुलभ एग्रोभेट, विउ विजन बैक स्थापना गरिनेछ साथै कृषि अध्ययन विद्यालयहरु लाइ अनुसन्धान/परिक्षण र प्रविधि विकासका लागी सहयोग कार्यक्रम संचालन गर्ने नीति अवलम्वन गरीनेछ । वार्षिकरुपमा कम्तिमा ३ वटा साना तथा लधु उद्यम उद्योगहरु नीजि तथा सहकारीको लागत सहभागितामा स्थापना गराइ स्थानीय युवा रोजगार सृजना गरीनेछ ।

बैदेशिक रोजगारीलाइ निरुत्साहन गरी वैदेशिक ज्ञान सीप प्रयोग प्रोत्साहनका लागि‘गरिखाने बर्ग प्रोत्साहन कार्यक्रम’ संचालन गरिनेछ ।

सामाजिक विकास नीतिमा संविधानमा उल्लेखित जनताका मौलिक अधिकारहरुको सुनिश्चितताका लागि संघ र प्रदेश सरकारको भुमिकामा रचनात्मक भुमिका निर्वाह गर्नेछौं । जसमा शिक्षा, स्वास्थ, खानेपानी र रोजगारीलाइ प्राथमिकरण गरी जनताको आर्थिक जीवन स्तरमा सुधार गर्नुका साथै सामाजिक र राजनैतिक सहभागिता सुनिश्चित गराइ आगामि ५ बर्षमा कम्तिमा यस प्रदेशका ५० प्रतिशत घरपरिवारलाइ विपन्नताको रेखा बाट माथि उठाइनेछ ।

हाम्रो क्षेत्रमा पर्ने तीन मा.वि विद्यालयलाइ गुणस्तरीय शिक्षा सहितको नमुना विद्यालय बनाउने नीति लिइ राप्ति प्राविधिक शिक्षालयको प्राविधिक शिक्षालाइ प्रोत्साहन गरी हालै अबेवस्थित स्तानान्तरण भएको शिक्षालयलाइ तुरुन्त आवश्यक पुर्वाधार र प्रशासनिक क्षेत्रको ब्यवस्थापन गरी प्राविधिक शक्षा र युवा सीप विकासका तालिमहरु नियमित संचालन गरिनेछ । नागरिक स्वास्थ्य अधिकार राज्यको दायित्व र ‘स्वास्थ्य नै धन हो’ भन्ने मुल नाराका साथ सबै पालिकाहरुमा परिवार स्वास्थ्य चिकित्सक कार्यक्रम लागु गराइनुका साथै प्रदेश स्तरीय अस्पताल तथा ट्रमा सेन्टरको निर्माण तिब्ररुपमा सम्पन्न गरी कम्तिमा बाल ÷स्त्रिरोग र दिर्धरोग विशेषज्ञ स्वास्थ्य सेवा तत्काल सचालनका लागि पहल गरिनेछ ।

लगत लिन छुट भएका मुक्त कमैयाहरुको लगत लिइ परिचय पत्र प्रदान गरी आत्मनिर्भर मुक्त कमैया कार्यक्रम संचालन गरिनेछ। भुमिहिन सुकुम्वासी र अब्यवस्थित बसोवासीलाइ आवश्यक प्रकृया पुरा गरी जग्गा धनी प्रमाण पत्र उपलब्ध गराइनेछ । मानसिक स्वास्थ्य÷ युवा खेलकुद÷मनोरञजन÷ प्रतिभा पहिचान जस्ता कार्यक्रम संचालनका लागि आवश्यक पुर्वाधार विकास र प्रदेश स्तरीय प्रतियोगिताहरु सचालन गरीनेछ । पुर्वाधार विकास नीतिमा प्रदेश निर्वाचन क्षेत्र भित्रका पालिकाहरुको पुर्व पश्चिम राजमार्ग र कालाकाटे देखी बाँके सडक संग जोडिने सबै भित्री मुल सडकहरु ५ बर्ष भित्र क्रमश कालोपत्रे गरिनेछ ।

भित्रि मुल सडकहरुमा जोडिने कृषि लगाएत अन्य महत्वपुर्ण सबै सडकहरुको स्तरोन्नति गरी सबै पालिकाहरुमा सडक संजाल विस्तार गरिनेछ। पालिकाका सबै वडाहरुमा पुर्ण विद्युतिकरण गरी उज्यालो सफा र सुन्दर पालिका बनाउने नीति तथा आयोजना संचालन गरिनेछ । प्रदेश सरकारले नमुना राजधानी निर्माणका लागि स्वीकृत गरेको गुरु योजना बमोजिमको नीति अवलम्बन गरिने छ । तत्काल भु–उपयोग नीति तयार गरी अविलम्व कार्यान्वयन प्रकृयामा जोड दिइनेछ । साथै नेपालमा पहिलो नदि तटिय क्षेत्रमा एक राष्ट्रिय एयरपोर्ट निर्माणका लागि पहल गरिनेछ । संघ÷प्रदेश र स्थानीय सरकार तथा दातृनिकायहरुको आर्थिक सहयोग र सहकार्यमा यस निर्वचन क्षेत्रमा रहेका राप्ति नदि तथा अन्य साना नादि तथा खोलाहरुमा प्राथमिकरणका आधारमा सो क्षेत्रहरुमा पुल निर्माण तथा तटबन्धन गर्ने आयोजनाहरु संचालन गरिनेछ ।

प्रदेश निर्वाचन क्षेत्र भित्र पर्ने नेपाल–भारत सिमा नाका क्षेत्रका गाउँ बस्तिहरुको शिक्षा/स्वास्थ्थ/खानेपानी र पुर्वाधार निर्माण तथा विकासका लागि एकिकृत कार्यक्रमहरु संचालन गरिने नीति लिइनेछ । राप्ति नदि सभ्यता देउखुरीको गहना भन्ने मुल योजना अनुरुपमा नदी करिडोर निर्माण गरी प्रकृतिक संरक्षण जैविक विबिधतालाइ कायम गरी पर्या–पर्यटनको प्रबद्र्धन गर्ने छौं । प्रभाबकारी नमुना कृषि सिचाइको ब्यवस्था मिलाइनेछ । साथै बैज्ञानिक प्रदेश स्तरीय भूउपयोग नीति निर्माणका लागि पहल गरिनेछ ।

एजेण्डाको लिस्ट लामै छ कार्यान्वयन होला त ?

कार्यान्वयन गर्न नसकिने कुनै बिषयनै छैन । मात्र दृढ ईच्छा र संकल्प चाहिएको छ । ठूलो जिम्मेवारीमा नरहदा पनि म जनताको सेवामै थिए । जनस्तरबाट गर्ने काहरुको नेतृत्व गर्दै स्वास्थ्य शिक्षा, विपद् व्यवस्थापन, सामाजिक जागरण लगायतको क्षेत्रमा नेतृत्व गरेर सफल भएका योजनाहरु थुप्रै छन् । मुख्य कुरा नेतृत्व इमानदार भयो भने जस्तो सुकै समस्याहरुको समाधान निकाल्न सकिन्छ । हरेक समस्याको समाधान गर्ने विकल्प र योजनाहरु हुन्छन् । मात्र त्यसको पहिचान आवश्यक पर्छ । भनेका कुराहरु हामी पुरा गर्ने छौं ।

चुनाव जितिन्छ त ?

हामी निर्वाचन जित्दैछौं । त्यो आधार भनेको मतदाता हुनुहुन्छ । यसपाली नयाँ र युवा जोश भएका उम्मेदवारको खोजी मतदाताको छ । पार्टीको जनआधार छ । मतदाताले रुचानु भएको छ । त्यहीनै जित्ने आधार हो । हाम्रो प्रदेश निर्वाचन क्षेत्रमा हामी अन्य दल भन्दा अघि छौं । अर्काे कुरा निर्वाचन एउटा लोकतान्त्रीक प्रक्रिया हो । यो प्रक्रियामा सबै सहभागी हुनु अनिवार्य छ । त्यसैले मंसिर ४ गतेको मतदानमा सहभागी हुन हार्दिक अपिल गर्दछु ।

तपाईको प्रतिक्रिया