माैन अवधिमा पनि दलबल सहित प्रचारप्रसारमा मेटमणी, ठाउँ ठाउँबाट लखेटी मागे

दाङ–मौन अवधिमा समेत समुह बाधेर प्रचारप्रसारमा निस्केपछी सहरी विकास मन्त्री मेटमणी चौधरी आपतमा परेका छन ।

 

दाङ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य उम्मेदवार चौधरी मौन अवधिमा पनि दलबलका साथ मतदाता माझ पुगेपछि ठाउँठाउँबाट लखेटी मागेका छन ।

लमही नगरपालिका–४ शान्तिनगर, राप्ती गाउँपालिका–२ मुक्तिनगरबाट लखेटी मागेको स्रोतले दावी गरेको छ । मौन अवधिमा पनि आश्वासन बाड्दै गाउँ पसेपछी उनको बिरोध भएको हो ।

निर्वाचन आचार संहिताले मौन अवधिमा प्रचारप्रसार गर्न नपाइने स्पष्ट उल्लेख छ । तर, आचार संहिताको धज्जी उडाउने काम भएको छ ।

राप्ती गाउँपालिका–२ मा मन्त्री सहित जिल्ला समन्वय समिती प्रमुख नित्यानन्द शर्मा, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्ट, समेत प्रचारप्रसारमा त्यहाँ पुगेका थिए ।

तपाईको प्रतिक्रिया