गर्मीमा पसिना गन्हाउने समस्याले हैरान हुनुहुन्छ? यी कुरामा ध्यान दिनुस्

गर्मी महिनामा शरीरबाट धेरै पसिना आएर हैरान नै हुन्छ । पसिना छालाको भित्री पत्रमा रहेको ग्रन्थीबाट बन्छ । जुन ग्रन्थीको काम शरीरको तापमानलाई नियन्त्रण गर्नु हो ।

 

पसिना आउनु स्वास्थ्यका लागि राम्रो पनि मानिन्छ । शरीरबाट पसिना निस्कनु शरीरका लागि आवश्यक छ । शरीरमा भएको बिकार पसिनाकै रुपमा शरीरबाट बाहिर निस्कने हुनाले पसिनाले शरीरको तापक्रमलाई समेत सन्तुलनमा समेत राख्छ ।

यद्यपि, आवश्यकता भन्दा बढि पसिना आएर शरीर तथा पहिरन नै दुर्गन्धित हुन सक्छ । पसिनाको गन्ध अप्रिय हुन्छ । जसले वरिपरी बस्ने मानिसलाई समेत असहज बनाइरहेको हुन्छ । कोहीको कम गन्हाउँछ गन्ध आउँछ भने कोहीको अत्यन्तै नराम्रो गन्ध आउने गर्छ ।

पसिना गन्हाउँछ ? यस्ता छन् कारण :

ब्याक्टेरिया इन्फेक्सन

अल्कोहलको बढी प्रयोग

जङ्क फुड खानाले

वंशाणुगत कारण

मसालेदार खानेकुरा धेरै खाएर

धुम्रपान गर्नाले

लसुन प्याजको प्रयोग धेरै गरेर

समाधान: दैनिक नुहाउने, नुहाउँदा एन्टिब्याक्टेरिया भएको साबुनको प्रयोग गुर्नुपर्छ ।

प्रत्येक दिन फिट्किरीको लेप लगाउने ।

ब्याक्टेरिया फङ्गस नै छ भने एन्टिब्याक्टेरिया क्रिमको प्रयोग गर्नुपर्छ । यदि क्रिमले पनि काम गरेन भने एन्टी फङ्गस ट्याबलेट, एन्टिबायोटिक ट्याब्लेट खानुपर्छ ।

तपाईको प्रतिक्रिया