काठमाडौं । नेपाल र जिम्बावे ‘ए’ टिमबीच टी–२० शृंखलाको दोस्रो खेल वर्षाका कारण रद्द भएका भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेको जिम्बावे टोलीले ४.३ ओभरमा २ विकेट गुमाएर ४८ रन बनाउँदा खेल वर्षाले रोकिएको हो ।
खेलको पहिलो ओभरमै सोमपाल कामीले ओपनर इनोसेन्ट केइयालाई खाता खोल्नै नदिइ कुशल भुर्तेलबाट क्याच आउट गराएका थिए । पाँचौं ओभरमा अर्का ओपनर ताडिवान्से मारुमानीलाई करण केसीले २२ रनको स्कोरमा आउट गरेका थिए ।
करिव ४० मिनेटपछि वर्षा रोकिएपछि खेल २ ओभर घटाएर पुनः सुरु गर्ने तयारी भएको थियो ।
तर, फेरि भारी वर्षा भएसँगै मैदानमा पानी जम्न थालेपछि अम्पायरले खेल रद्द भएको घोषणा गरेका थिए ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया