
सत्ता गठनबन्धनभित्र रहेको राष्ट्रिय जनमोर्चाले मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभाका लागि २ सिटमा उम्मेदवार अघि सारेको छ।
जनमोर्चाको शनिबार बसेको बैठकले बाग्लुङको प्रतिनिधि सभाको १ नम्बर निर्वाचन क्षेत्रबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी. र प्यूठान प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललाई उम्मेद्वारको रूपमा अगाडि सार्ने बैठकले निर्णय गरेको हो ।
२०७९ भाद्र १८ गते राष्ट्रिय जनमोर्चाको संसदीय बोर्डको बैठकले २ सिटमा उम्मेद्वार सिफारिस गरेको हो । जनमोर्चाले सत्ता गठबन्धनमा २ सिट दाबी गर्दै आएको छ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया