
देउखुरी । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको उम्मेदबार सिफारिस गर्ने क्रम सुरु भएको छ । यसैक्रममा नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश “क” र” ख”ले आगामी मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस भएका छन् ।
प्रदेश “क” बाट प्रत्यक्ष तर्फ नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेष राज पान्डे , नुमानन्द सुवेदी , लक्ष्मण चौधरीको नाम सिफारिस गरिएको छ भने प्रदिप राज शर्माको नाम पनि राए सुझाबको लागि क्षेत्रमा सिफारिस गरिएको छ ।
भेषराज पाण्डे दाङ क्षेत्र नं. १ का सभापति हुन भने सुवेदी राप्ती गाउँपालिकाका निर्वतमान अध्यक्ष हुन् । त्यसै गरी चौधरी सहिद परिवारका हुन् । नेपाली कांग्रेसका नेता स्व. श्रीनारायण चौधरीका चौधरी पुर्व जिल्ला सदसय पनि हुन् ।
समानुपातिक तर्फ अनुराग यादब र यसोदा चौधरीलाई सिफारिस गरेको छ । समानुपातिक तर्फ नै लोकराज केसि र श्रीपत चौधरीलाई उपयुक्त उम्मेदवार भनि राए पठाएको छ ।
त्यस्तै प्रदेश “ख” बाट उम्मेदवार धेरै आकान्क्षी रहेका छन् । प्रत्यक्ष तर्फ महाधिबेसन प्रतिनिधि जानकीलाल बस्नेत, बासुदेव जंगली, महाधिवेशन प्रतिनिधि मधु न्यौपाने, शान्तराज अधिकारी, चुरामणी आचार्य, पवन नेपाली रहेका छन ।
त्यस्तै प्रदेश “ख”तर्फ नै समानुपातिक तर्फ महाधिवेशन प्रतिनिधि गिरिजादेवी न्यौपाने, लोका विश्वकर्मा, देवका बेल्बासे, पवन कुमार यादव, रेशम बहादुर बुढा, खीमा अधिकारी, माधव चौधरी, तारा प्रसाद नेपाली, गीता चौधरी, घनश्याम सुवेदी, खड्ग बहादुर विक, गोपाल नेपाली रहेका छन् ।

तपाईको प्रतिक्रिया